मोरङका दुई स्थानमा बर्डफ्लु संक्रमण पुष्टि

252

विराटनगर । मोरङका दुई स्थानमा बर्डफ्लु संक्रमण पुष्टि भएको छ । पशुसेवा विभागका अनुसार मोरङको ग्रामथान–१ खुनियाकट्टा र बुढीगंगा–५ मा बर्डफ्लु संक्रमण पुष्टि भएको हो ।

उक्त स्थानका किसानले पालेको कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वोषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा माघ १६ गते पुष्टि भएको विभागका निमित्त महानिर्देशक लेखराज दाहालले जानकारी दिए ।

उनका अनुसार उक्त स्थानमा संक्रमण फैलन नदिन विभागले तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत आइतबार नै नष्ट गरिएको छ ।

मन्त्रालयले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न आग्रह गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...