उपसचिवमा बढुवाका लागि ३० जना सिफारिस [सूचीसहित]

208

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ३० जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको छ ।

बढुवा समितिको सोमबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवा सिफारिस गरेको हो ।

उपसचिवमा बढुवा सिफारिसमा ज्ञानुप्रसाद पनेरु, भक्तिसरा राना, गौतमराज अमात्य, अम्मरराज जोशी, महमद शेरे मुस्तफा, ओमप्रकाश महतो, चन्द्रबहादुर थापा, दीपककुमार आचार्य, कृष्णप्रसाद पोखरेल, देवेन्द्रप्रसाद श्रेष्ठ परेका छन् ।

यसैगरी, यज्ञराज जोशी, कुमार आचार्य, हिमालय बराल, कुमारबहादुर खड्का, खुमप्रसाद सुवेदी, शेषकान्त पौडेल, केशवप्रसाद अर्याल, जितेन्द्रजंग केसी, खगेन्द्र गिरी, दिनेश अधिकारी, बैकुण्ठराज गौतम, बालकृष्ण सुवेदी, हरिप्रसाद गौतम, सुदर्शनराज पण्डित, सरस्वती पौडेल, कमला ज्ञवाली, ऋषिकुमार दाहाल, राजुप्रसाद न्यौपाने, टीकाराम वाग्ले र सूर्यप्रसाद दाहाल बढुवा सिफारिसमा परेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...