चैनपुरका २५ सय परिवारमा खानेपानी अभाव

302

खाँदबारी । सङ्खुवासभाको चैनपुरका २ हजार ५ सय परिवारले खानेपानी अभाव झेल्नु परेको छ । गाउँमा पानीको मुहान नहुँदा पिलुवा खोलाको धमिलो पानी ल्याएर प्रयोग गर्ने बाध्य छन् ।

खानेपानीको चरम अभाव भएपछि पछिल्लो समय बसाइँ सर्न क्रम तीव्र भएको छ । खानेपानीको हाहाकार भएपछि चैनपुर नगरपालिका–१० का विभिन्न गाउँका १४ परिवारले गाउँ छाडेका छन् । वर्षौदेखि खानेपानी अभाव भएको कारण चैनपुर–१० का १४ घरपरिवार बसाइँ सरेका छन् ।

पिलुवा खोलामा पानी लिन जाँदा २ घण्टाभन्दा बढी समय लाग्ने गरेको स्थानीय भरत भण्डारीले बताए । सल्लेरी, कल्लेरी, इखुम्बा झिलझिले, साल बिसौना र मलाटेका लगायताका गाउँमा चरम खानेपानी अभाव भएपछि स्थानीय बसाइँ सर्न बाध्य भएका छन् ।

चैनपुरको १० नम्बर वडाबाट २ वर्षमा १४ घरपरिवार तराई बसाइँ सरेको वडाध्यक्ष तेजबहादुर कटुवालले जानकारी दिए । गाउँमा खानेपानी अभाव भएपछि इम्खुवा गाउँबाट पदम राई, पूर्णजीत जिमी, धनबहादुर जिमी, इन्द्र तामाङ, मंगल तामाङ बसाइँ सरेका छन् । कल्लेरी गाउँबाट प्रेमबहादुर कटुवाल,राम तामाङ,गोविन्द कटुवाल,खगेन्द्र कटुवाल,याम बहादुर राई गाउँमा खानेपानी अभाव भएपछि तराई तिर बसाइँ सरेका छन् ।

त्यस्तै, सल्लेरी गाउँबाट चतुरमान तामाङ, सिंहबहादुर राई, ज्ञानबहादुर राईलगायतको घरपरिवार बसाइँ सरेका हुन् । झिलझिले गाउँको टिकाराम खाती गाउँ छाडेर तराई गएका छन् । चैनपुर नगरपालिकाको करिब २ हजार ५ सय घरधुरीमा खानेपानीको अभाव रहेको छ ।

खानेपानीको चरम अभाव भएको चैनपुर–१० मा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, चैनपुर नगरपालिका र युनाइटेड वर्ल्ड स्कुल्स नेपाल सङ्खुवासभाको संयुक्त लगानीमा गत पुष्मा लिफ्टिङ खानेपानी शिलान्यास भएका छ ।

खानेपानी आयोजना शिलान्यास भएपछि कल्लेरी, इखुम्बा, साल बिसौना, सल्लेरी, झिलझिलेलगायतका स्थानीयले खुसी व्यक्त गर्दे चाँडै सम्पन्न गरिदिनु अनुरोधसमेत गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...