सुन्दरताले आत्मविश्वास र व्यक्तित्वमा निखार ल्याउँछ : सौन्दर्यविद् श्रेष्ठ

अन्तर्वार्ता

466

काठमाडौँ । वरिष्ठ सौन्दर्यविद रश्मिला श्रेष्ठ नेपालको सौन्दर्य व्यवसाय क्षेत्रका लागि चीर परिचित नाम हो । धादिङमा जन्मिएकी साधारण एवं धैर्यशाली श्रेष्ठ कर्म र संघर्ष मन पराउँछिन् । बाल्यकालदेखि नै सिर्जनात्मक कार्यमा रुचि राख्ने रश्मिला अरूलाई सहयोग गर्न पाउँदा खुसी हुन्छिन् ।

विगत १४ वर्षदेखि सौन्दर्य व्यवसाय पेसामा बिताइसकेकी रश्मिला सौन्दर्य व्यवसायमा चर्चित छिन् । उनले १४ वर्षअघि रश्मिलाज फेसियल हाउस एन्ड ब्युटी केयर काठमाडौँको सुन्धारास्थित काठमाडौँ मलमा स्थापना गरी व्यवसायिक रुपमा पार्लर व्यवसाय सुरु गरेकी थिइन् । काठमाडौँ मलको चौथो तल्ला बाट ब्यबसाय सञ्चालन गरि गोंगबुको बिजी मल, माछापोखरीको बुद्ध मल र काठमाडौँ मलको पहिलो तल्लामा आफ्नो व्यवसाय विस्तार गर्दै नेपालको नम्बर १ ब्युटी पार्लर बन्न सफल भएको छ ।

सेलिब्रेटीदेखि व्यवसायी, खेलाडी तथा अन्य ग्राहकहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एन्ड ब्युटी केयर एक मात्र अन्तर्राष्ट्रिय स्तरको सम्पूर्ण सुविधा सम्पन्न ‘कम्पिलिट फेसियल हाउस एन्ड ब्यूटी केयर’ हो । रश्मिलाज फेसियल हाउस एन्ड ब्युटी केयर सौन्दर्यप्रति सचेत महिला पुरुषका लागि एकमात्र भरपर्दो गन्तव्य हो । जहाँ दक्ष अनुभवी सौन्दर्यकर्मीबाट सेवा लिन पाउनेछन् । यस रश्मिलाज फेसियल हाउसले सौन्दर्य सम्बन्धी विशेष प्याकेजको व्यावस्थाको साथै तालिम पनि दिँदै आएको छ । सम्पूर्ण सुविधा सम्पन्न रश्मिलाज फेसियल हाउसमा शान्त र पारिवारिक वातारणमा ग्रहकले आफ्नो सेवा लिन पाउनेछन् ।

रश्मिलाज फेसियल हाउस एन्ड ब्युटी केयर नेपालमा मात्र नभएर विदेशमा समेत ख्याति कमाउन सफल स्थापित र परिचित ब्रान्ड बनिसकेको छ । सयौँ कर्मचारीलाइ रोजगारी प्रदान गर्दै हजारौँ महिला तथा पुरुषहरुलाई विभिन्न सीप सिकाएर स्वरोजगार तथा आत्मनिर्भर बनाइसकेकी उनले सुरुवाती समयमा निकै कठिन परिस्थितिमा आफूले काम गर्न परेको अनुभव सुनाउँछिन् । उद्योग व्यवसाय, महिला सशक्तीकरण, सामाजिक कार्य र नारी हकहितमा दरिलो खम्बा बनेकी वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठ गरिएको संक्षिप्त कुराकानीः

आजभोलि के गर्दै हुनुहुन्छ ?
रश्मिलाज फेसियल हाउस एन्ड ब्युटी केयरको ४ वटा शाखाहरु रहेको छ। भर्खरै मात्र रश्मिलाज फेसियल हाउस एन्ड ब्युटी केयरको १४औँ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी भव्यताको साथ मनायौँ । म धेरैजसो समय पार्लरहरुमा नै व्यस्त हुन्छु, त्यसको अलवा दैनिक सयौँ सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै तथा विभिन्न कार्यक्रम र सेमिनारहरुमा भाग लिँदै दिनचर्या बितिरहेको छ।

तपाईं ब्युटिसियन क्षेत्रमा कसरी लाग्नुभयो ?
पहिलादेखिनै सिर्जनशील, कलात्मक र क्रियाशील हुन रुचाउने मेरो व्यक्तित्व थियो । महिलाहरु पनि आत्मानिर्भर भएर समाज र मुलुकका लागि केही गर्नुपर्छ भन्ने मेरो मान्यता थियो । मेरो सोहि स्वभाव र आफ्नै क्षमता, योग्यताका साथ एउटा उच्च र अग्रस्थानमा आफूलाई पुगेको हेर्न चाहन्थें । मेरो लक्ष्य र सपनाकै कारण म यस्तो कामको खोजिमा थिए जसले मलाई नाम ईज्जत स्वाभिमान दिनुका साथ व्यवसायीक र आर्थिक रुपमा सवल बनाओस्, त्यहि अभिप्रायका साथ आफ्नो पेसामा दक्षता हासिल गर्दै यहिँ क्षेत्रमा कार्यरत रही देश र समाजका लागि केही गरेर देखाउने इच्छाले सौन्दर्य पेसामा आबद्ध भएको छु ।

नेपाली समाजमा सौन्दर्यकर्मीहरुको भूमिका कस्तो छ ?
पछिल्लो समय सौन्दर्य पेसाले समाजमा प्रत्यक्ष प्रभाव पारेको छ किनभने यस क्षेत्रमा आबद्ध भएर सौन्दर्कर्मीहरुले आफूलाई सक्षम उद्धमशील र व्यवसायी बन्ने अवसर प्राप्त गरेका छन् । हामीले मुलुकको आर्थिक सम्वृदिका लागि टेवा पुर्याउने कार्य गर्दै आएका छौँ । स्वाभिमानका साथ थोरै लगानी गर्दै जुनसुकै ठाउँमा पनि सञ्चालन गर्न सकिने यो व्यवसायमा मानसम्मान पनि त्यतिकै छ । यस पेसाले स्वाबलम्बी र आत्मनिर्भर बनाउने ठुलो सहयोग पुर्याएको छ । महिलाहरुलाई स्वरोजगार र आत्मानिर्भर बनाउनु नै समाज र सामाजिक स्तरलाई माथि उठाउनु हो ।

तपाईंको विचारमा सुन्दरता के हो ?
सुन्दर हुनु भनेको आवरणमा आफूलाई चिरिच्याट्ट देखाउनु मात्र होइन, भित्रैबाट आफ्नो आत्मविश्वास र दृढता प्रकट गर्नु पनि हो । आत्मविश्वास र दृढताले मान्छेको व्यक्तित्व प्रभावशाली देखिन्छ । अतः खास सुन्दरता यसैमा झल्कन्छ । कसैका लागि सुन्दरता सुन्दर अनुहार होला, सुन्दर अनुहार पनि कालो, गोरो, गहुँगोरो विभिन्न पर्न सक्छन् । कसैलाई सुन्दरता मन होला, कसैलाई सुन्दरता व्यक्तित्व लाग्न सक्छ अनि कसैलाई आकर्षण र आत्मविश्वास पनि मानिसको सुन्दरता लाग्न सक्छ । मेरो विचारमा सुन्दरता भनेको भावनात्मक कुरा हो, जसलाई एउटै विशेषण र परिभाषाभित्र सीमित राख्न सकिँदैन । प्रकृतिले नै हरेक मानिसलाई जन्मजात केही न केही सुन्दरता दिएको छ ।

हामी सौन्दर्यकर्मीको त्यसैलाई अलिकति निखार ल्याइदिने हो । उनीहरुको रुप–रंग र जिउडाल अनुसार मेकअपद्वारा सजाइदिने हो भने बाहिरी आवरणलाई सुन्दर बनाइदिने हाम्रो काम हो। यो त भयो बाहिरी सुन्दरताको कुरा तर मेरो विचारमा एउटा सुन्दर व्यक्ति बन्नका लागि दृश्य र अदृश्य अर्थात् बाहिरी आवरण र भित्रि मन दुवै आकर्षक हुनुपर्छ । मेरो विचारमा हामीमध्ये धेरैजसो मान्छे सुन्दर यसकारण महसुस गर्दैनौ कि, हामी आफू स्वयंलाई सुन्दैनौँ । यही कारण हो कि, हामी सधैँ राम्रो महसुस गर्नका लागि कपडा, ब्रान्ड, फेसनलाई सुरक्षा कवचको रुपमा प्रयोग गर्छौँ । हामीलाई त्यो कुरासम्म थाहा हुँदैन कि हामीमा त्यसको असर पर्यो कि परेन । यसको विपरीत समयसँगै उनीहरुको आत्मविश्वास कमजोर भइरहेको हुन्छ । यसैले मेरो विचारमा चाहे पुरुष होस् वा महिला, सुन्दरता भनेको सहजता महसुस गर्नु हो ।

सौन्दर्य व्यवसायमा पहिले र अहिलेको अवस्था कस्तो छ ?
सुन्दरताले आत्माविश्वास बढाउन मद्दत गर्छ तथापि पहिला पहिला सौन्दर्यकर्मीलाई समाजले राम्रो नजरले हेर्दैन थियो । विभिन्न आक्षेपहरु लगाउने गर्थे तर विस्तारै समय परिवर्तन हुँदै गयो, मानिसहरुको सोच परिवर्तन हुँदै गयो, मानिसहरु आफ्नो सौन्दर्यप्रति सचेत हुन थाले । अहिले सौन्दर्य व्यवसाय महिला दिदीबहिनीहरुका लागि एउटा मर्यादित पेसा बनेको छ । स्वरोजगार तथा आत्मानिर्भर हुने एउटा दरिलो पाटो भएको छ । त्यसैले अहिले सौन्दर्य व्यवसायमा आकर्षण बढेको छ । मानवको व्यक्तित्वमा सौन्दर्यले ठुलो भूमिका खेलेको हुन्छ । त्यसैले पनि होला अहिलेको अवस्थामा सौन्दर्यकर्मीको माग र इज्जत पनि उत्तिकै बढ्दो छ ।

सौन्दर्य व्यवसायको भविष्य कस्तो होला ?
बाह्य तथा आन्तरिक सुन्दरताले अरुलाई आकर्षण या विकर्षण के गर्छ भन्नेमा भर पर्छ । यस अर्थमा मानव जीवनमा सौन्दर्यले ठुलो भूमिका खेलेको हुन्छ । सुन्दर देखिने चाहना सबैको हुन्छ । सुन्दरताले गर्दा नै मानव जीवन मनमोहक बन्छ त्यसैले सौन्दर्य पेसाको भविष्य सुनौलो छ । किनभने यो सबै आवश्यकता र समयको माग हो ।

नेपालीको सोचमा पनि आमूल परिवर्तन आएको छ । केही समय अघिसम्म नेपालमा सौन्दर्य व्यवसायलाई खासै राम्रो दृष्टिकोणले हेरिँदैनथ्यो । तर, समय परिस्थितिसँगै व्यक्ति र समाजको सोचमा पनि आमूल परिवर्तन आएको छ । अझ पछिल्ला दिनमा त मानव जीवनका लागि सौन्दर्य सिँगार अपरिहार्य जस्तै बनेको छ । त्यसैले सौन्दर्य पेसा व्यावसायिक रूपमा नै द्रूत गतिमा फस्टाउन थालेको छ । व्यवसायिक सौन्दर्यकर्मीको आम्दानि समेत मनग्य हुन्छ । यो व्यवसायमा आबद्ध भएपछि, लगनशील, आत्मनिर्भर, स्वावलम्बी र साहसी मात्रै बनेका छैनन्, महिलाहरु समाजसेवातर्फ पनि पाइला अघि बढाइरहेका छन् ।

सौन्दर्य व्यवसायमा रश्मिला श्रेष्ठको पहिचान के हो ?
रश्मिला श्रेष्ठ एक साधारण नारि हो ? भाग्यमा भन्दा पनि कर्ममा विश्वास गरेर मेहनतका साथ गुणस्तरीय सेवा प्रदान गर्ने सौन्दर्यकर्मी हुँ । सयौँ सौन्दर्यकर्मीहरुलाई रोजगार प्रदान गर्दै हाम्रा भगवानरुपी ग्राहकहरुलाई सुन्दरतामा निखारता ल्याउने काम गर्दै आएकी छु । त्यसका अलावा हामीले सौन्दर्य सम्बन्धी ट्रेनिङसमेत दिँदै आएका छौँ । तसर्थ म सबै तह तप्काका मानिसहरुसँग मिल्न सक्ने मिलनसार, सहयोगी भावाना भएको महिला हुँ । हाम्रो पेसामा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवाको साथमा इमान्दारिता, विश्वास चाहिन्छ तसर्थ रश्मिला श्रेष्ठको पहिचान भनेको इमान्दारिता हो । यही इमान्दारिता र कार्य दक्षताको कारण मेरो फेसियल हाउसमा सेलिब्रेटी, व्यवसायी, गृहिणीदेखि सर्वसाधारणसम्मको भीड लाग्ने गरेको छ।

ब्युटिसियनहरुलाइ के–कस्तो सुझाब दिन चाहनुहुन्छ ?
सौन्दर्य व्यवसाय एक मर्यादित पेसा हो । हामी महिला दिदीबहिनीहरु आत्मनिर्भर भएर स्वरोजगार बन्न सक्ने व्यवसाय भएकोले यो पेसामा आउनुभन्दा अगाडि राम्रो एकेडेमी, ट्रेनिङ सेन्टरमा गएर दक्ष प्रशिक्षकमार्फत् तालिम ज्ञान लिनुहोला । समयको परिवर्तनसँगै नयाँ प्रविधि, न्यू स्टाइलहरु अपडेट भइरहेको हुन्छ त्यसैले हामी ब्युटिसियनहरु पनि समयसँगै चल्ने फेसनलाइ पछ्याउँदै अपडेट हुन आवश्यक छ ।

अन्त्यमा भन्नु पर्ने केही कुराहरु छन् कि ?
मेरो व्यक्तिगत जीवनदेखि व्यवसायिक जीवनसम्म मलाई हरेकपल साथदिने औधी माया गर्ने मेरो श्रीमान् प्रकाशकुमार श्रेष्ठलाई विशेष धन्यवाद दिन चाहन्छु । व्यवसायमा प्रतिस्पर्धा हुन्छ तर स्वच्छ व्यवसायिक प्रतिस्पर्धाले व्यवसायलाई सुन्दर भविष्यतर्फ डोर्याउँछ तर यहाँ एक अर्काको खुट्टा तान्ने, झुट बोल्ने, चियोचर्चा गर्ने, रिसराग गर्ने, घृणित खेल खेल्ने काम भइरहेको छ । रिस र घमण्डले आफैँलाई सिध्याउँछ त्यसैले प्रेम बाढ्न सिक्नुस् । अहिले फेरि हामी नयाँ ओमिक्रोन भेरियन्ट कोरोनाको चपेटामा फस्दै गएका छौँ । कतिबेला लकडाउन भएर व्यापार व्यवसाय बन्द गर्नु पर्ने हो थाहा छैन । कोभिडले गर्दा हाम्रो सौन्दर्य पेसामा समेत ठुलो असर परेको हुँदा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छु । धन्यवाद ।

Share This:
सम्बन्धित खबर
Loading...