मनाङलाई हराउँदै एपिएफले जित्यो आहा रारा गोल्डकपको उपाधि

332

काठमाडौँ । पेनाल्टीमा मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले पहिलोपटक आहा रारा गोल्डकपको उपाधि जितेको छ ।

पोखरा रंगशालामा भएको खेलमा पेनाल्टीमा मनाङलाई ५–४ गोलले हराउँदै एपिएफले पहिलोपटक आहा रारा गोल्डकपको उपाधि जितेको हो ।

निर्धारित समयको खेल २–२ गोल तथा त्यसपछि थपिएको अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि खेल ट्राइब्रेकरमा लम्बिएको थियो ।

खेलको २०औँ मिनेटमा युवराज खड्काले गोल गर्दै एपिएफलाई अग्रता दिलाए । पहिलो हाफमा १–०ले पछि परेको मनाङले खेलको ६७औँ मिनेटमा दयानन्द सिंहले गोल गर्दै बराबरीमा ल्याए ।

यस्तै, निर्धारित समयको खेल सकिन ६ मिनेट बाँकी रहँदा मनाङका फ्रान्कलिन कोटे टालाले गोल गर्दै जित अग्रता दिलाएका थिए । इन्जुरी समयको पहिलो मिनेटमा एपिएफका रवि थिङले गोल गर्दै २–२ गोलको बराबरीमा ल्याए ।

विजेत एपिएफले १० लाख १ हजार रुपैयाँ र उपविजेता मनाङले ५ लाख १ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...