सार्वजनिक यातायातमा जोर–बिजोर हट्यो, ट्याक्सी र निजी सवारी साधनमा कायमै

246

काठमाडौँ । काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधान (बस माइक्रो र टेम्पु) मा लगाइँदै आइएको जोर-बिजोर प्रणाली शनिबारदेखि हटाइएको छ ।

काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले स्वास्थ्यका सबै मापदण्ड प्रयोग गरी सञ्चालन गर्ने गरी जोरबिजोर प्रणाली हटाएको हो ।

यद्यपि निजी सवारी साधान (दुई पाङ्ग्रेसहित) र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै रहेको छ । तर, अत्यावश्यक र तोकिएका सवारी साधनमा भने जोरबिजोर लागु हुने छैन ।

सवारी सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु नराखी स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्ने भनिएको छ । लामो दूरीमा चल्ने सवारी साधानले भने बीच बाटोमा यात्रु नचढाउने गरी सुरुदेखि अन्तिम गन्तव्यसम्म सञ्चालन गरी विवरण जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमा उपलब्ध गराउन भनिएको छ ।

अन्य अत्यावश्यक तथा तोकिएका सवारी साधानलाई यसअघि जारी आदेशानुसानुसार हुने जनाइएको छ ।

आदेशमा औषधि एवं स्वास्थ्य सामग्री बोकेका, एम्बुलेन्स, दमकल, शव वाहन, ग्यास, पेट्रोलियम पदार्थ बोकेका सवारी साधन (चालक सहचालक मात्र) मा जोरबिजोर प्रणाली लागु हुने छैन ।

Share This:
सम्बन्धित खबर
Loading...