स्थानीय तहको निर्वाचन सारे विधिको शासन समाप्त हुन्छ : पूर्वप्रधानन्यायाधीश पराजुली

235

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले स्थानीय तहको निर्वाचन सार्ने काम गरिए संविधान नै समाप्त गर्नेलाई बाटो खेल्ने बताएका छन् ।

पूर्वप्रधानन्यायाधीश पराजुलीले स्थानीय तहको निर्वाचन सार्नु भनेको सत्तारुढ गठबन्धनलाई समेत प्रत्युत्पादक हुने बताए ।

उनले स्थानीय तहको निर्वाचन सार्ने काम गरे अहिले संविधान नचाहेका शक्तिहरुलाई बल पुग्नेतर्फ पनि सचेत गराए ।

“निर्वाचन सार्ने भनेको यो गठबन्धनलाई पनि प्रत्युत्पादक हुन्छ । डेमोक्रेसीलाई पनि धावा बोल्छ । अर्को त्यतिमात्रै नभएर विधि र संविधानको उपहास गर्छ,” उनले भने,“त्यसकारण मेरो प्रष्ट धारणा छ– साहसका साथ निर्वाचनमा जान सक्नुपर्छ । गठबन्धन होस् वा मेरो भोट पुग्दैन, मेरो मत थोरै हुन्छ भनेर निर्वाचनलाई सार्न खोज्छ र त्यसले विधिको शासनलाई समाप्त गर्छ ।”

उनले स्थानीय तहको निर्वाचन सारिए विधिको शासन समाप्त हुने, संविधानको सिद्धान्त समाप्त हुने र अन्ततः डेमोक्रेटिक सिस्टमनै नरहने अवस्था आउनेसमेत दाबी गरे । “निर्वाचन सारिए त्यसले संविधानवादको सिद्धान्तलाई समाप्त पार्छ । अन्ततः यो डेमोक्रेटिक सिस्टम जान्छ र जसले यो संविधान चाहेको छैनन् । त्यस्ता तत्वहरुलाई ठुलो टेवा मिल्छ,” उनले भने ।

पूर्वप्रधानन्यायाधीश पराजुलीले जनताद्वारा अनुमोदित हुने डेमोक्रेटिक प्रणाली अबलम्बन गरेकाले राजनीतिक दलहरुले निर्वाचनलाई पछाडि सार्ने काम गर्न नमिल्ने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...