मन्त्री दाहालले भने– बिचौलियालाई कार्यालयभित्र प्रवेश नदिनु

120

काठमाडौँ । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले बिचौलियालाई कार्यालयभित्र प्रवेश नदिन निर्देशन दिएका छन् ।

शुक्रबार यातायात व्यवस्था कार्यालय गुर्जुधाराको अनुगमन गर्दै उनले कर्मचारीले नै बिचौलियालाई कार्यालय प्रवेशमा रोक लगाए जनताको सास्ती हट्ने समेत बताए ।

छिटो काम गर्नका लागि सर्वसाधारणहरुले बाध्य भएर बिचौलियाको सहारा लिने गरेको भन्दै कार्यालयमा ढिलासुस्ती हटाउन निर्देशन दिए ।

उनले कार्यालयको व्यवस्थापनका साथै सुधारका लागि छिटै काम सुरु गर्ने स्पष्ट पारे । कागजी प्रणालीले गर्दा आएको समस्याको छिट्टै समाधान गरिने र यसका लागि अनलाइन प्रणालीको विकास गरिने उनको भनाइ छ ।

सेवाग्राहीको गुनासो आएपछि मन्त्री दाहालले छड्के अनुगमन गरेका हुन् । यसअघि मन्त्री दाहालले बिहीबार ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...