कोरोना भएपछि पनि आइसोलेसनमा नबस्नु गैरजिम्मेवारीको पराकाष्ठा : विश्वप्रकाश शर्मा

240

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोरोना संक्रमण पुष्टि भएपछि पनि आइसोलेसनमा नबस्नु गैरजिम्मेवारीको पराकाष्ठा भएको टिप्पणी गरेका छन् ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली कोरोना पुष्टि भए पनि सार्वजनिक कार्यक्रममा सहभागी भएको भन्दै आलोचना भइरहँदा कांग्रेस महामन्त्री शर्माले संक्रमण पुष्टिपछि ‘आइसोलेसन’मा बस्नु हरेकको जिम्मेवारी भएको बताएका छन् ।

उनले जिम्मेवारी पालना नगर्नु बहादुरी नभइ गैरजिम्मेवारीको पराकाष्ठा र अन्यको जीवनप्रति गम्भीर खेलबाड समेत भएको उनको भनाइ छ ।

“संक्रमण पुस्टिपछि ‘आइसोलेसन’मा बस्नु हामी हरेकको जिम्मेवारी हो । पालना नगर्नु बहादुरी होइन गैरजिम्मेवारीको पराकाष्ठा र अन्यको जीवनप्रति गम्भीर खेलबाड समेत हो,” उनले भनेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...