खेलकुदमन्त्रीले भने– ‘निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला संघीय सरकारले बनाउँछ’

286

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई संघीय सरकारले बनाउने बताएका छन् ।

बिहीबार चितवनमा रंगशालाका विषयमा भरतपुर महानगरपालिकाले गरेको छलफल कार्यक्रममा उनले लगानीको स्रोत पहिचान गरेर निर्माणका बाँकी काम पूरा गर्ने प्रतिबद्धता जनाए ।

मन्त्री गहतराजले कुन मोडलमा बनाउने भन्नेबारे छिट्टै टुंग्याउने पनि जानकारी दिए ।

कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले महानगरपालिकाले थुप्रै सहयोग गर्दागर्दै पनि धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला निर्माण गर्न नसक्ने भनेकाले दायित्व लिन महानगर रहेको बताइन् ।

१७ करोड ऋण लागेको भन्दै फाउन्डेसनले गत ४ महिनायता रंगशाला निर्माणका कुनै पनि काम अघि बढाएको छैन ।

मन्त्री गहतराजले बिहीबार नै रंगशालाको अवस्थाको स्थलगत अनुगमन पनि गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...