६६ प्रतिशतलाई सहरी भन्नु हास्यास्पद : भट्टराई

201

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नगरपालिका नामाकरण गरिएको स्थानीय तहका जनसंख्या जोडेर नेपालजस्तो पिछडिएको देशमा ६६ प्रतिशत जनसंख्यालाई सहरी भन्नु गलत हुने टिप्पणी गरेका छन् ।

भट्टराईले बिहीबार सामाजिक सञ्जालमार्फत् ६६ प्रतिशत जनसंख्यालाई सहरी मान्न नसकिने जिकिर गरेका हुन् ।

“नगरपालिका नामाकरण गरिएका स्थानीय तहको जनसंख्या जोडेर नेपाल जस्तो सबै हिसाबले अत्यन्त पिछडिएको देशमा ६६ प्रतिशत जनसंख्यालाई ‘सहरी’ (Urban) भन्नु हास्यास्पद कुरा हो,” भट्टराईले भने, “सहर बन्नको निम्ति जनसंख्याको पेशा, जनघनत्व,भौतिक/आर्थिक/सामाजिक पूर्वाधारलगायत निश्चित मापदण्ड पूरा हुनुपर्छ । अतः यसलाई सच्याऊ ।”

बुधबार केन्द्रीय तथ्याङ्क विभागले २०७८ सालको नेपालको जनगणनाअनुसार सहरी जनसंख्या ६६ प्रतिशत रहेको तथ्याङ्क सार्वजनिक गरेको थियो ।

विभागले नेपाल सरकारबाट घोषित २९३ नगरपालिकामा रहेको जनसंख्यालाई सहरी र ४६० गाउँपालिकामा रहेको जनसंख्यालाई ग्रामिण जनसंख्या मानी तथ्याङ्क सार्वजनिक गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...