काठमाडौँको शंखरापुरमा एक दम्पती मृत फेला

237

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिकामा एक दम्पती मृत फेला परेका छन् ।

महानगरिय प्रहरी परिसर काठमाडौँका अनुसार शंखरापुर नगरपालिका–३ मा गएराति निसास्सिएर दम्पतीको मृत्यु भएको हो ।

५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीया फूलमाया थिङको मृत्यु भएको हो ।

उनीहरु आफू बसेको घरको कोठामा मृत अवस्थामा फेला परेको र निसास्सिएर मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...