नेपालको जनसंख्या २ करोड ९१ लाख

241

काठमाडौँ । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको देखिएको छ ।

राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको विवरणानुसार प्रक्षेपित तीन करोडभन्दा करिब आठ लाख कम हुन पुगेको छ ।

यसअघि २०६८ को जनगणनामा दुई करोड ६४ लाख ९४ हजार ५०४ जनसङ्ख्या रहेको थियो । अघिल्लो जनगणनाको तुलनामा भक्तपुरको जनसङ्ख्या वृद्धिदर सबैभन्दा बढी र रामेछापको जनसङ्ख्या सबैभन्दा घट्दो दरमा रहेको पाइएको छ ।

२०६८ को जनगणनामा १ प्रतिशतभन्दा माथि जन्मदर रहेकोमा अहिले १ प्रतिशतभन्दा कम रहेको पाइएको विभागका निर्देशक ढुण्डिराज लामिछानेले जानकारी दिए । यसपटक महिलाभन्दा पुरुषको जनसंख्या दुई लाखले बढेको उनले बताए ।

लामिछानेले सबैभन्दा विकट छाङरुङ र टिकंरमा पनि जनगणना गरिएको जानकारी दिए । आफूहरुले नेपालको नयाँ नक्सामा समावेस लिपुलेक, कालापानी र लिम्पियाधुरामा पनि अन्य विधिबाट गणना गरिएको उनले बताए ।

जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म भएको थियो ।

नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...