पशुपति धर्मशालामा बतास समूहसँग गरिएको सम्झौता रद्ध गर्न प्रक्रिया अघि बढाइने

274

काठमाडौँ । सरकारले पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता रद्ध गर्नका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलमा बसेको पशुपति क्षेत्र विकासको बैठकले छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने, छानबिन गरेर आवश्यक कारबाही गर्ने र सम्झौता रद्ध गर्नका लागि प्रक्रिया अघि बढाउने निर्णय भएको पर्यटनमन्त्री प्रेम आलेले जानकारी दिए ।

सो क्रममा मन्त्री ओलले नियमविपरीत सरकारी सम्पतिमाथि हस्तक्षेप गर्नेमाथि कारबाही गर्ने स्पष्ट पारे । उनले गलत भएका कामको छानबिन गरेरै छाड्ने स्पष्ट पारे ।

त्यस्तै, उनले लुम्बिनी विकास कोष अन्तर्गतको मास्टर प्लानअनुसार नै विभिन्न ठाउँमा गुम्बालगायत होटल बनाउने काम अघि बढेको जिकिर गरे । लोकप्रियताका लागि नभएर आफूले दायित्व मात्र निर्वाह गरेको उनको भनाइ छ ।

यसअघि बतासले पशुपति धर्मशालामा सञ्चालन गरेको होटलको मन्त्री आलेले पनि निरीक्षण गरेका थिए ।

त्यस्तै, पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीलाई सर्वसुलभ रूपमा खान र बस्न सहज होस् भनेर भारत सरकारको ४० करोड लगानीमा बनेको ‘नेपाल–भारत मैत्री धर्मशाला’मा ‘होटल आनन्द’ सञ्चालन गर्न दिँदासमेत ठेक्का सम्झौतामै मिलेमतो गरेको प्रतिवेदनले देखाएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...