फागुनसम्ममा लुम्बिनी प्रदेशका सबै नागरिकलाई खोप लगाइसक्छौँ : मन्त्री थारु

397

लुम्बिनी । लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा मानव कल्याणमन्त्री ईन्द्रजित थारूले प्रदेशका सबै नागरिकलाई पूर्ण खोप लगाउने तयारीमा सरकार लागेको बताएका छन् ।

सोमबार बुटवलमा रिपोर्टर्स क्लब लुम्बिनी प्रदेशले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री थारुले कोरोनाको दोश्रो खोप लगाएकाहरुमा कोरोना संक्रमणको संख्या र त्यसको जोखिम पनि कम भएको बताउँदै खोप लगाउने कार्यमा सरकार द्रूत गतिमा अगाडि बढेको बताए ।

मन्त्री थारुले पहिलो खोप लगाएका मध्ये दुई प्रतिशतको मात्र मृत्यु भएको र दुवै मात्रको खोप लगाएकाहरुमा एक प्रतिशतको मात्र मृत्यु भएको बताए ।

उनले ८५ प्रतिशतलाई पहिलो खोप लागएको र दोश्रो खोप ७० प्रतिशतलाई लगाइसकेको समेत जानकारी दिँदै १२ देखि १७ वर्षसम्मका बालबालिका पहिलो डोज दिने तयारी गरेको बताए । उनले फागुनसम्ममा सबैलाई खोप लागाउने योजना प्रदेश सरकारको रहेको बताए ।

त्यस्तै, साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व स्वास्थ्यमन्त्री तथा एमाले संसदीय दलका सचिव भोजप्रसाद श्रेष्ठले लुम्बिनी प्रदेश सरकार स्वास्थ्य जोखिमका विषयमा गम्भीर नभएको आरोप लगाए ।

उनले नागरिकलाई खोप लगाउने विषय ,कोभिड नियन्त्रण तथा व्यवस्थापन , स्थानिय पालिकासँग समन्यवन र परिचालनको साथै कर्मचारी परिचालनमा कडाइका साथ नलागेको आरोप लगाए ।

उनले प्रतिपक्षले महमारीमा सरकारका योजना तथा मन्त्रीले ल्याएका कार्यक्रम कार्यान्वयनमा सहयोग र सहकार्य गर्न तयार रहेको बताउँदै बजेट जोगाउने नाममा जनताका सुविधा कटौती गर्ने र विगतको सरकारले ल्याएका राम्रा योजनाहरु कटौती गर्न नहुनेमा जोड दिए ।

Share This:
सम्बन्धित खबर
Loading...