प्रधानमन्त्रीले सर्वदलीय बैठक नै बोलाउनुभएको छैन : प्रवक्ता कार्की

214

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वानमा आज बस्ने भनिएको सर्वदलीय बैठक अनिश्चित बनेको छ ।

औपचारिक रुपमा सर्वदलीय बैठक नबोलाइएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । शुक्रबार सम्पन्न गठबन्धनको बैठकले यसबारे अनौपचारिक छलफल मात्र भएकाले आज बस्ने÷नबस्नेबारे कुनै निर्णय नभएको उनको भनाइ छ ।

प्रधानमन्त्रीले शनिबारका लागि सर्वदलीय बैठक बोलाएको समाचार आएपछि प्रवक्ता कार्कीले भने प्रधानमन्त्रीले बैठक नै नबोलाएको बताए । “सर्वदलीय बैठक प्रधानमन्त्रीले बोलाउनुभएकै छैन । कसरी समाचार आयो ?” उनले भने ।

संसद् खुलाउने र आगामी स्थानीय तहको चुनावलगायत विषयमा आवश्यक परे छलफलपछि सर्वदलीय बैठक बोलाउने उनले बताए ।

स्थानीय तह तथा अन्य निर्वाचन एवम् समसामयिक राजनीतिक गतिविधिबारे छलफल गर्न शनिबार बिहान ९ बजे बैठक बस्ने भनिएको थियो । तर, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफूहरुलाई बैठकबारे जानकारी नै नभएको बताएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...