राष्ट्रियसभा निर्वाचन : कोरोना संक्रमितले पनि भोट हाल्न पाउने

265

काठमाडौँ । आसन्न राष्ट्रियसभा निर्वाचनमा कोरोना संक्रमित मतदाताले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले बुधबार १९ बुँदे स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड सार्वजनिक गर्दै कोरोना संक्रमितले पनि मतदान गर्न पाउने व्यवस्थ गरेको हो ।

यही माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनमा छुट्टै बाकसको व्यवस्था गरी संक्रमितलाई मतदानमा सहभागी गराउने प्रबन्ध गरिएको निर्वाचन आयोगले जनाएको छ ।

स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डमा मतदान केन्द्रमा स्वास्थ्यको एउटा टिम बस्ने, मतदान केन्द्रमा प्रवेश गर्ने सबैको ज्वरो जाँच हुने, संक्रमित भएर आएका मतदातालाई निसंक्रमित गरेर छुट्टै बाकसमा भोट हाल्ने प्रबन्ध मिलाउनेलगायतका कुरा उल्लेख छ ।

१२ माघमा राष्ट्रियसभाका १९ सदस्यका लागि निर्वाचन हुँदै छ । राष्ट्रियसभामा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुख मतदाता रहनेछन् ।

Share This:
सम्बन्धित खबर
Loading...