यी हुन् सरकारको कालो सूचीमा ७ निर्माण कम्पनी

307

काठमाडौँ । जिम्मा लिएको काम समयमै नसक्ने ७ निर्माण कम्पनीलाई सरकारले कालो सूचीमा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना जारी गर्दै ७ निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो ।

६ माघदेखि लागु हुनेगरी अनुगमन कार्यालयले निर्माण व्यवसायी र आपूर्तिकर्ताहरुलाई १ देखि ३ वर्षसम्म कालो सूचीमा राखेको हो । कालो सूचीमा रहेका कम्पनीले राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने अनुगमन कार्यालयले जनाएको छ ।

दाङको बालन ब्रदर्स कन्ट्रक्सन एन्ड सप्लायर्स, बरदान कन्सल्टेन्ट एन्ड कन्ट्रक्सन जडिबुटी, डाइग्नोकेम जय शम्भु जेभी हाँडिगाउँ, एसएनसी निर्माण सेवा प्रालि बाँके, शाह निर्माण सेवा रुपन्देही र आरोग्य कन्ट्रक्सन प्रालि काठमाडौँलाई सरकारले कालो सूचीमा राखेको हो ।

सबैभन्दा धेरै तीन वर्षका लागि आरोग्य कन्ट्रक्सन प्रालि काठमाडौँ र मुख्य व्यक्ति रञ्जन रायमाझी कालो सूचीमा परेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...