पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न नेविसंघको माग

78

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न सरकारसँग माग गरेको छ ।

नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ति जारी गर्दै कोरोना महामारीका बेला नेपाल आयल निगमले पेट्रोलिय पदार्थमा मूल्यवृद्धि गरेर जनविरोधी कार्य गरेको भनी भत्र्सना गरेका हुन् ।

अत्यावश्यकीय उपभोग्य वस्तुमा पटक–पटक गरिएको मूल्यवृद्धिले उपभोक्ताले चरम पीडा खेप्नुपरेको उल्लेख गर्दै विज्ञप्तिमा सरकारलाई मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरिएको छ ।

आहतका बेला राहत दिनुपर्नेमा कर र कमिसनमा लिप्त हुँदै निगम जनताको चुलो बन्द गराउने बाटोमा लागिरहेको आरोप नेविसंघले लगाएको छ ।

साथै विज्ञप्तिमा पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिएपछि सबै क्षेत्रमा चर्को मूल्यवृद्धि हुन सक्ने आशंका पनि गरिएको छ ।

नेपाल आयल निगमले मंगलबार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर समान ३ रुपैयाँले वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोल १३९ रुपैयाँ तथा डिजेल र मट्टितेल १२२ रुपैयाँ पुगेको छ ।

कोरोना महामारीको तेस्रो लहरले प्रभावित उपभोक्तालाई सर्वसुलभ सेवा, सहुलियत र राहतको जरुरत रहेकोमा उल्टो थप पीडा दिनेगरी निगमले बढाएको मूल्य तत्काल फिर्ता गराउन सरकारसँग नेविसंघले माग गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...