कोरोना परीक्षणको शुल्क घट्यो : सरकारीमा ८००, निजीमा १५०० रुपैयाँ

312

काठमााडौँ । सरकारले कोभिड–१९ परीक्षण गर्ने आरटी पिसिआरको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब सरकारी प्रयोगशालामा ८०० रुपैयाँ र निजी प्रयोगशालामा १ हजार ५०० रुपैयाँमा पिसिआर परीक्षण हुने छ ।

स्वास्थ्य मन्त्रालयहा सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बुधबार साप्ताहिक पत्रकार सम्मेलनमार्फत् यो जानकारी दिएका हुन् ।

यसअघि पिसिआरको शुल्क सरकारीमा १ हजार रुपैयाँ र निजीमा २ हजार रुपैयाँ तोकिएको थियो ।

मन्त्रालयको कोभिड–१९ प्रेस ब्रिफिङमा डा.अधिकारीले सरकारी ल्याबमा १ हजार शुल्क समायोजन गरेर ८ सय र निजी ल्याबमा २ हजारलाई समायोजन गरेर १ हजार ५०० बनाइएको बताए । यो शुल्क बुधबारदेखि नै कार्यान्वयन हुने सहप्रवक्ता अधिकारीले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...