वडाध्यक्षमाथि ढुंगा प्रहार, सामान्य घाइते

395

काठमाडौँ । सङ्खुवासभाको चिचिला गाउँपालिका–२ का वडाध्यक्षमाथि अज्ञात समूहले ढुंगा प्रहार गरेको छ । अज्ञात समूहको ढुंगा प्रहारबाट वडाध्यक्ष मिरबहादुर राई सामान्य घाइते भएका छन् ।

मंगलबार साँझ मोटरसाइकलमा घर जाँदै गर्दा अज्ञात समूहले वडाध्यक्ष राईमाथि ढुंगा प्रहार गरेको हो । गाउँपालिकाको हिउँदे सभामा सहभागी भएर घर फर्किने क्रममा वडा नम्बर २ को टर्निङ भन्ने ठाउँमा पुगेपछि आफूमाथि ढुंगा प्रहार भएको वडाध्यक्ष राईले जानकारी दिए ।

अज्ञात समूहको ढुंगा प्रहारबाट वडाध्यक्ष राई सामान्य घाइते भएका छन् । उनको टाउको, ढाड र हातमा सामान्य चोट लागेको वडाध्यक्ष राईले बताए । वडाध्यक्ष राईमाथि ढुंगा प्रहार गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

चिचिला गाउँपालिकाले वडा नम्बर २ का अध्यक्षमाथि ढुंगा प्रहार गरिएको घटनाको भत्र्सना गरेको छ ।

गाउँपालिका अध्यक्ष पासाङ नुर्बू शेर्पादरा हस्ताक्षरित विज्ञप्तिमा घटनामा संलग्न जो कोही भए पनि अनुसन्धान गरी कारबाहीको दायरामा ल्याइने बताइएको छ ।

लोकतान्त्रिक शासन पद्धतिमा नागरिकहरुको माग लोकतान्त्रिक ढंगले सम्बोधन गर्ने व्यवस्था हुँदा हुँदै पनि जिम्मेवार व्यक्तिमाथि सांघातिक आक्रमण हुनु निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ ।

May be an image of text

Share This:
सम्बन्धित खबर
Loading...