शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि चिचिला गाउँपालिकाका सबै विद्यालय बन्द

335

खाँदबारी । सङ्खुवासभाको चिचिला गाउँपालिकाका विद्यालयहरुमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय सञ्चालनमा रोक लगाइएको छ ।

गाउँपालिकाले बुधबार सूचना जारी गर्दै आगामी माघ १२ गतेसम्मका लागि विद्यालय बन्दको घोषणा गरेको हो ।

मंगलबार गरिएको परीक्षणमा वडा नम्बर ३ स्थित जलपा माध्यमिक विद्यालयका १३ जना शिक्षक तथा विद्यार्थी र दिदिङ स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमा समेत कोभिड–१९ संक्रमण पुष्टि भएको थियो ।

गाउँपालिकाले कोभिड–१९को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणदर बढ्दै गएकाले रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गर्न÷गराउन अनुरोध गरेको छ ।

May be an illustration of text

Share This:
सम्बन्धित खबर
Loading...