खोप कार्ड हरायो ? यसरी लिनुहोस् प्रतिलिपि

193

काठमाडौँ । सरकारले सार्वजनिक स्थलमा प्रवेश गर्नका लागि माघ ७ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप कार्ड अनिवार्य गरेको छ । साथै मंगलबारदेखि सुरु भएको बुस्टर डोज खोप लगाउन पनि कार्ड अनिवार्य गरिएको छ ।

केही व्यक्तिहरुले कार्ड हराएको गुनासो गरेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिलिपि उपलब्ध गराउने भएको छ ।

हराएको खोप कार्ड तीन तरिकाबाट लिन सकिने मन्त्रालयले जनाएको छ । दुवै मात्रा खोप लगाइसकेको भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्ड प्रतिलिपि लिन सकिने मन्त्रालयको भनाइ छ ।

जोन्सन एन्ड जोन्सन खोप लगाएको भए सोही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिने जनाइएको छ ।

त्यसैगरी, पहिलो मात्रा मात्र खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिने मन्त्रालयको सूचनामा उल्लेख छ ।

May be an image of text

Share This:
सम्बन्धित खबर
Loading...