राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण आजदेखि सुरु

256

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण मंगलबारदेखि सुरु भएको छ । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुलाह अलमुताइरीले बन्द प्रशिक्षणमा ३५ खेलाडी बोलाएका हुन् ।

अफ्रिकी राष्ट्र मरिससविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालले तयारी सुरु गरेको हो ।

फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुलाह अलमुताइरीले नेपाल अफ्रिकी राष्ट्र मरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि तयार रहेको बताए ।

अलमुताइरीले आफ्नो लक्ष्य एसियन कप छनोट रहेको र मोरिससविरुद्धको खेलको नतिजाले कुनै फरक नपार्ने पनि बताए । मोरिसससँग हारेपछि आफूले बलियो टिम बनाउन लागेको र लक्ष्य एसियन कप छनोट र अर्को विश्वकप छनोट रहेको उनको भनाइ छ ।

नेपालले दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्ने छ । मैत्रीपूर्ण खेल जनवरी २९ र फेब्रुअरी १ मा हुने छ ।

नेपालले पछिल्लो पटक सेप्टेम्बरमा भारतसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । साफ च्याम्पियनसिपको तयारीमा नेपालले दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...