पाँच दलीय गठबन्धनको दाबी : राष्ट्रियसभा निर्वाचनमा लुम्बिनीबाट सहजै जित्छौँ

149

काठमाडौँ । माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेदवारले जित निश्चित भएको दाबी गरेका छन् ।

लुम्बिनी प्रदेशका पाँच दलीय गठबन्धनका उमेदवारहरुले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी आफूहरुको जित निश्चित भएको दाबी गरेका हुन् ।

राष्ट्रियसभामा गठबन्धनका उम्मेदवारले अंकगणितका हिसाबले पनि सहजै जित निकाल्ने समेत जनाएका छन् ।

राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनबाट बाँकेका नेपाली कांग्रेसका युवराज शर्मा, पाल्पाबाट नेकपा (एकिकृत समाजवादी)का राजेन्द्र लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा‘राजेश’ चुनावी मैदानमा उत्रेका छन् ।

पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणी चौधरीले गठबन्धनको जित सुनिश्चित भएपनि भोट बढाउने योजनाका साथ मैदानमा उत्रनुपर्ने बताए ।

उनीहरुले प्रदेशसभा सदस्य, पालिकाका प्रमुख उपप्रमुखहरुलाई मत दिएर गठबन्धनलाई जिताउन अपिल गरेका छन् । लुम्बिनीमा रिक्त ३ पदका लागि माघ १२ गते दाङमा निर्वाचन हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...