काठमाडौँ । औषधि व्यवस्था विभागले ३६ वटा औषधि पसललाई कारबाही गरेको छ । विभागले बजार अनुगमनका क्रममा ती औषधि पसलमा त्रुटि फेला पारेपछि कारबाही गरेको हो ।
विभागले मंसिर महिनामा गरेको अनुगमनका क्रममा ती ३६ पसललाई कारबाही गरेको हो । नेपालमा पटक–पटक यस्ता पसललाई कारबाही गरे पनि नियमविपरीत औषधि पसलहरु सञ्चालन भइरहेका छन् ।
३६ औषधि पसल कारबाही