लिपुलेकबारे सरकारले भन्यो– ऐतिहासिक प्रमाणका आधारमा समस्या समाधान गर्छौँ

201

काठमाडौँ । सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको भन्दै एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतसँग आग्रह गर्दै आएको जनाएको छ ।

मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिन आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारको धारणा सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हो भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट रहेको भन्दै नेपाली भूभाग भएर जाने कुनै किसिमको एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह गर्दै आएको बताए ।

उनले दुई देशबीचको सीमा समस्याको समाधान कुटनीतिक माध्यमबाट गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए । दुई देशबीचको सीमा समस्याको समधान ऐतिहासिक सन्धि सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा समस्या समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहिआएको उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...