नारायणहिटीको अवलोकनपछि मन्त्री आलेले भने– ‘कफी सपको नाममा मदिरापानसम्मका लागि तयारी देखियो’

316

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालय पुगेर बतास कम्पनीले बनाउन खोजेको संरचनाको निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा मन्त्री आलेले कफी सपको बहानामा ठुलै संरचना बनाउन खोजेको देखिएको बताए ।

त्यस्तै, उनले सो क्षेत्रमा रहेको बंकरभित्र पनि निरीक्षण गरेका थिए । संरचना हेर्दा कफी सप नभइ नाचगान र मदिरापानसम्मका लागि तयारी गरिएको देखिएको उनले बताए ।

उनले कफी सपका लागि मात्रै अनुमति दिइएको अभिव्यक्ति दिएका योगेश भट्टराईलाई एकपल्ट आएर अवलोकन गर्न सुझाव दिए । उनले नारायणहिटी संग्रहालयमा संरचना निर्माणका विषयमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सिआइबीलाई जानकारी गराइएको बताए ।

पुरातत्विक संरचनालाई मासेर कंक्रिटका भवन बनाउनु निन्दनीय रहेको उल्लेख गर्दै मन्त्री आलेले संरक्षण गर्ने जिम्मा पाएको कार्यालयका प्रमुखले उत्तरदायी भूमिका निर्वाह गर्न नसकेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...