करेन्ट लागेर इञ्जिनियरको मृत्यु

376

खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–३ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर सप्तरी घर भइ हाल ललितपुर गोदावरी बस्ने वर्ष २८ को अनिल ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर घाइते भएको ठाकुरको जिल्ला अस्पताल सङ्खुवासभामा बिहीबार दिउँसो २ बजे मृत्यु भएको प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । करेन्ट लागेर बेहोस भएका सिभिल इञ्जिनियर ठाकुरलाई थप उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको थियो ।

बिहीबार बिहान सभापोखरी–३ बाह्रबिसेस्थित निर्माणाधीन स्वास्थ्य चौकी भवनको अनुगमन गर्ने छतमा पुगेका सिभिल इञ्जिनियर ठाकुरलाई विद्युत् प्रसारण लाइनको तारबाट करेन्ट लागेर थियो । करेन्ट लागेर गम्भीर घाइते भएका ठाकुरको उपचारको क्रमका जिल्ला अस्पतालमा मृत्यु भएको डिएसपी सुवेदीले बताए ।

सिभिल इञ्जिनियर ठाकुर निर्माणाधीन स्वास्थ्य चौकी भवन हेर्ने केही दिन यता सभापोखरी गाउँपालिका आइपुगेको हुन् । मृतक ठाकुरको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सङ्खुवासभामा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...