काठमाडौँ । सरकार आम जनताको जीवनरक्षाका लागि प्रतिबद्ध रहेको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।
पछिल्लो केही दिनयता कोरोना भाइरस संक्रमणको दर निकै बढेको अवस्थामा उनले सरकारले आवश्यक तयारी गरेको बताएका हुन् । कोरोना संक्रमण नियन्त्राणका लागि सरकारले सम्पूर्ण संयन्त्रहरु परिचालन गरिसकेको उनको भनाइ छ ।
“नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्,“खोप अभियान तीव्र गतिमा अगाडि बढेको छ ।” उनले सबै नाागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउनसमेत आग्रह गरेका छन् ।