निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

233

काठमाडौँ । राजनीतिक दलहरुसँग परामर्श गर्न निर्वाचन आयोगले सर्वदलीय बैठक आह्वान गरेको छ ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले दलहरुसँग छलफलका लागि शुक्रबार बैठक बोलाइएको जानकारी दिए । बैठक शुक्रबार साढे ११ बजे बस्ने छ ।

बैठकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने करिब १६ दललाई निमन्त्राणा गरिएको छ । निर्वाचन आयोगले आगामी माघ १२ गते हुन गइरहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका बारेमा दलहरुसँग छलफल गर्ने छ ।

अहिले मतदाता नामावली संकलनको काम भइरहेको विषयमा पनि सर्वदलीय बैठकमा आयोगले दलहरुलाई जानकारी दिने कार्यक्रम रहेको छ ।

त्यस्तै, स्थानीय तहको निर्वाचनको मिति तय गर्ने विषयमा पनि छलफल हुने छ ।

आयोगले स्थानीय तहको निर्वाचनका सम्बन्धमा गत पुस ९ गते नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर वैशाख १४ र २२ गते स्थानीय तहको चुनावका विषयमा प्रस्ताव गरेको थियो । तर, यस बारेमा सरकारले निर्णय गरिसकेको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...