आङ सान सुकीलाई ४ वर्षको कैद सजाय

339

काठमाडौँ । म्यानमारको सैन्य अदालतले नेतृ आङ सान सुकीलाई थप चार वर्षको कैद सजाय सुनाएको छ ।

गत वर्ष फेब्रुअरीमा सेनाले नागरिक सरकारलाई अपदस्त गरी सुकीलाई सत्ताबाट हटाएको थियो र नजरबन्दमा राखेको थियो ।

उनलाई बिना लाइसेन्सको ‘वाकी–टकी’ राखेको आरोपमा दुई वर्ष र कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्ध उल्लङ्घन गरेको आरोपमा दुई वर्ष गरी ४ वर्ष जेल सजाय सुनाइएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।

गत महिना उनलाई कोभिड–१९ को मापदण्ड उल्लङ्घन गरेको आरोपमा चार वर्ष जेलसजाय सुनाइएको थियो । पछि उक्त सजायलाई घटाइएको थियो ।

सैन्य ‘कू’ गरेपछि गत वर्ष फेब्रुअरी १ मा सेनाले ७६ वर्षीया सुकीको घरमा तलासी लिँदा बिना लाइसेन्सको वाकी टकी फेला पारेको थियो ।

रिपोर्टका अनुसार सत्ता प्रदर्शनपछि भएका हिंसक प्रदर्शनमा हालसम्म १ हजार ४०० भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...