सरकार र प्रमुख प्रतिपक्षीबीचको संवाद हुनु सकरात्मक : राजेन्द्र गौतम

551

काठमाडौँ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले संघीय संसद्‌मा जारी गतिरोध खुलाउन प्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच संवाद सुरु हुनु सकरात्मक पक्ष रहेका बताएका छन् ।

प्रतिनिधिसभा सदस्य गौतमले सत्ता गठबन्धनले राष्ट्रिय राजनीतिमा प्रमुख प्रतिपक्षको महत्व र आवश्यकता बुझ्न थालेकाले संसद्को गतिरोधका लागि निकासको बटो खोजिने सम्भावन बढेको बताए ।

एमालेको आठौँ सङ्खुवासभा जिल्ला अधिवेशनको उद्घाटन र बन्दसत्रस्थलको निरीक्षणका क्रममा नेता गौतमले पत्रकारहरुसँग कुरा गर्दै भने,“सरकारले एमालेले संंसद्मा उठाउँदै आएको विषयलाई सुनुवाइ गर्ने सोचमा रहेको देखिएको छ । यो सकरात्मक कुरा हो । हामीले उठाएका सवाललाई कसरी सम्बोधन हुन्छ, त्यसका आधारमा एमालेले धारण बनाउने छ ।” शनिबार प्रधानमन्त्री देउवाले ओलीलाई उनकै निवास बालकोटमा भेटवार्ता गरेका थिए ।

एमालेका प्रदेश नम्बर १ का अध्यक्ष तुल्सीप्रसाद न्यौपानेले प्रदेशका जिल्लाहरुमा सहमतिमा नेतृत्व चयन हुन थालेको र सङ्खुवासभामा पनि सहमतिमा हुने जानकारी दिए ।

एमाले सङ्खुवासभा जिल्ला अध्यक्ष जितबहादुर घिमिरेले सोमबार एमालेका अध्यक्ष ओलीबाट खाँदबारी नगरपालिका–१ स्थित टुँडिखेलमा उद्घाटन गर्ने र बन्दसत्र खाँदबारी–३ कृषि बजारमा हुने जानकारी दिए । जिल्ला अधिवेशनमा आयोजकसहित १ हजार प्रतिनिधि सहभागी हुनेछन् ।

Share This:
सम्बन्धित खबर
Loading...