काठमाडौँमा सङ्खुवासभाका युवक मृत फेला

242

काठमाडौँ । काठमाडौँमा दुई युवायुवती मृत फेला परेका छन् । बौद्धको फैकास्थित राधाकृष्ण मन्दिर नजिकसँगै बस्दै आएका खोटाङको साकेला गाउँपालिका–२ रतन्तछाकी २२ वर्षीय युसुना राई र सङ्खुवासभाका २५ वर्षीय अनिश जिमी मृत फेला परेको प्रहरीले जनाएको छ ।

मृतक दुवैको शरीरमा चोट देखिएको छ । उनीहरुको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हुनसक्ने महानगरीय प्रहरी परिसर काठमाडौँको अनुमान छ । राई र जिमीसँगै बस्न थालेको दुई/तीन हप्तापछि कोठामै मृत फेला परेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...