हृदयघातबाट एमाले रोल्पा जिल्ला सचिवको मृत्यु

86

काठमाडौँ । नेकपा (एमाले) रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको निधन भएको छ । हृदयघातबाट ४७ वर्षीय रोकाको बुधबार निधन भएको हो ।

रोकाको निधनबाट पार्टीले रोल्पामा एक जिम्मेवार नेता गुमाएको नेकपा (एमाले) केन्द्रीय कार्यालयले जनाएको छ ।

“हाम्रो पार्टीका रोल्पा जिल्ला कमिटी सचिव कमरेड निमप्रसाद रोकाको ०७८ पुस २१ गते ४७ वर्षको उमेरमा हृदयघातबाट असामयिक निधन भएको पार्टी स्तब्ध भएको छ,” एमाले पार्टीले फेसबुकमार्फत् जानकारी दिँदै भनेको छ,“कमरेड रोकाको निधनबाट हाम्रो पार्टीले रोल्पामा एक जिम्मेवार नेता गुमाएको छ । दुःखको यस घडीमा दिवांगत कमरेड रोकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा हाम्रो पार्टी समवेदना प्रकट गर्दछ ।”

Share This:
सम्बन्धित खबर
Loading...