चैनपुर नगरपालिकाद्वारा अपांगता भएका ३३ परिवारलाई अनुदानमा मौरीसहितको घार वितरण

265

खाँदबारी । सङ्खुवासभाको चैनपुर नगरपालिकाले नगरभित्रका किसानलाई अनुदानमा मौरीसहितको घार वितरण गरेको छ । चैनपुर नगरपालिकाले अपांगता भएका व्यक्तिका परिवारलाई अनुदानमा मौरीसहितको घार वितरण गरेको हो ।

मौरीपालनमा अब्बल नगर बनाउने उद्देश्यसहित ११ वटै वडाका अपांगता भएका व्यक्तिका ३३ परिवारलाई अनुदानमा मौरीसहितको घार वितरण गरेको नगर प्रमुख भरतकुमार खत्रीले बताए । अपांगता भएका व्यक्तिका परिवारलाई सातदिने मौरीपालनसम्बन्धी तालिमसहित मंगलबार मौरीसहितको घार वितरण गरिएको उनको भनाइ छ ।

घारसहितको मौरी वितरण गर्दै नगर प्रमुख खत्रीले सहभागीहरूलाई व्यावसायिक बन्न आग्रह गर्दै नयाँ व्यवसायीहरूलाई थप सहयोगसमेत गर्ने धारणा राखे । ११ वटै वडाबाट छनोट भएका ३३ अपांगता भएका परिवारलाई घारसहितको मौरी वितरण गरिएको उनले बताए ।

अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत चैनपुर नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालयको लागत साझेदारीमा १४ देखि २० पुससम्म मौरीपालनसम्बन्धी तालिम गरिएको कार्यक्रमका फोकल पर्सन सूर्यकिरण भण्डारीले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...