दिमागमा जरो गाडेर बसेको छाउ गोठ भत्काएपछि मात्रै छाउपडी प्रथाको अन्त्य हुन्छ : राष्ट्रपति भण्डारी

99

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवाद विकृति र विसंगति नहोस् भन्नका लागि आफ्नो ठाउँबाट नै परिवर्तन गर्नुपर्ने बताएकी छन् । बुधबार सुदूरपश्चिम प्रदेशबाट तालिमका लागि काठमाडौँ आएका प्रतिनिधिसँगको भेटघाटमा उनले यस्तो बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले पश्चिममा छाउपडीको समस्याले विभिन्न घटना निम्त्याइरहेको भन्दै त्यसको समाधान गर्न सबैभन्दा पहिला आफ्नो दिमागको छाउपडीको गोठ भत्काउन आवश्यक रहेको बताइन् । राष्ट्रपति भण्डारीले कतिपय ठाउँमा छाउपडीकै कारण महिलामाथि आपराधिक घटना भइरहेकाले दिमागमा जरो गाडेर बसेको छाउ गोठ भत्काएपछि मात्रै छाउपडी प्रथाको अन्त्य हुने विश्वास व्यक्त गरिन् ।

“वास्तवमा यो छाउपडी त एउटा वैज्ञानिक प्रणाली हो नि मानव शरीरको । त्यो नभइकन सन्तान पनि जम्मिँदैन । तर, त्यो कुरालाई पनि यस्तो अन्धविश्वासले जगडेको छ कि, त्यसबाट पनि धेरै घटना भएका छन् । शारीरिक दुःख त हुन्छ हुन्छ । बाहिर बस्नुपर्छ । सर्पले डस्नेदेखि अपराधिक सोच भएकाहरुबाट आक्रमण हुने अनेक प्रकारको दुःख हुने र प्रतिष्ठामा आँच आउने गरेको छ । त्यसलाई हामीले हटाउन जरुरी छ । त्यो एकैपटक सम्भव छैन । नेताहरुले छैन भन्छन्, तर त्यही जिल्लामा बढी हुन्छ । सरकार जान्छ गोठ भत्काइदिएर आउने तर सरकारका प्रतिनिधिहरु सधैँ बसिरहँदैनन् । फेरि गोठ बनाइहाल्ने । दिमागमा जरो गाडेर बसेको छाउ गोठ भत्काएपछि मात्रै छाउपडी प्रथाको अन्त्य हुन्छ,” उनले भनिन् ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले आजको आवश्यकता भनेको विद्यालय शिक्षामा ठुलो सुधार गर्नुपर्ने रहेको बताइन् । उनले युवा, युवतीबीच हुने अपहरण, बलात्कारजस्ता विकृतिलाई समाजबाट न्यूनीकरण गर्न सामाजिक संघस.स्थाहरुको ठुलो भूमिका रहेकाले उनीहरुले सरकारसँग मिलेर समाजका विकृति, विसंगतिहरु समाधान गर्नुपर्नेमा जोड दिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...