चार्ल्स शोभराजको मुद्दा ‘हेर्न नमिल्ने’मा

320

काठमाडौँ । सर्वोच्च अदालतले कारागार कार्यालय जगन्नाथ देवलमा थुनामा रहेका चार्ल्स शोभराज गुरुमुखको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा राखेको छ ।

बुधबार सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयक्त इजलासमा सुनुवाइका लागि उक्त मुद्दाको पेसी तोकिएको थियो ।

न्यायाधीशद्वय श्रेष्ठ र सुवेदीको संयुक्त इजलासले चार्ल्स शोभराजको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा राखेको सर्वोच्चले जनाएको छ ।

यसअघि अनिलकुमार सिन्हाको एकल इजलासले शोभराजको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा ‘कारण देखाऊ’ आदेश गरेको थियो ।

शोभराजले पुस ७ गते उमेरको आधारमा कैद छुटको माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए । कानुनी व्यवस्थाअनुसार ७० वर्ष उमेर पुगेका कैदीबन्दीलाई असल चालचलन भए ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने व्यवस्था छ ।

Share This:
सम्बन्धित खबर
Loading...