कोरोनाविरुद्धको ‘अतिरिक्त मात्रा’ खोप अभियान स्थगित

338

काठमाडौँ । कोरोना भाइरसविरुद्धको अतिरिक्त खोप अभियान स्थगित भएको छ ।

प्राविधिकलगायत विभिन्न कारणले खोप अभियान स्थगित गर्नुपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए ।

मंगलबारदेखि खोप लगाउन सुरु गर्न भनेर हिजो (सोमबार) देशभरि नै पत्राचार गरिएकोमा कतिपय पालिकाले लगाउन सुरुसमेत गरिसकेका थिए । तर, दिनभर आएको प्रतिक्रियाअनुसार कतिपय ठाउँमा एक मात्रासम्म नपाइएको अवस्थामा अतिरिक्त मात्रा लगाउँदा प्राविधिकरुपमा समेत नमिलेको जस्तो भएर माघसम्मका लागि अभियान स्थगित गरिएको उनले बताए ।

माघपछि कसरी लगाउने र के गर्ने भनेर फेरि छलफल गरेर मात्र निर्णय गरिने उनको भनाइ छ । अतिरिक्त मात्रा खोप अभियान रोकिए पनि कोरोनाको अन्य नियमित खोप अभियान भने सञ्चालन भइरहने सहप्रवक्ता अधिकारीले बताए ।

अतिरिक्त मात्रा खोप मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर पीडित, अंग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी र उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि प्रयोग गरिरहेका बिरामीहरुले पाउने भनिएको थियो ।

No photo description available.

Share This:
सम्बन्धित खबर
Loading...