सरकारले उखु किसानको बक्यौता रकम भुक्तानी नगरे माइतीघरमा अनशन बस्छु : मोदी

277

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद् अमनलाल मोदीले सरकारले तत्काल उखु किसानको बक्यौता रकम भुक्तानी नगरे माइतीघर मण्डलामा आमरण अनशन बस्ने चेतावनी दिएका छन् ।

सांसद् मोदीले उखु किसानले पटक–पटक आन्दोलन गर्दा पनि सरकारले उनीहरुलाई भुक्तानी नदिएको भन्दै अब आफैँ आमरण अनशनमा बसेर भुक्तानी दिलाइ छाड्ने अठोटसमेत व्यक्त गरे ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले उखु किसानको भुक्तानीको समस्या तत्काल समाधान नभए सांसद्हरु आफैँले आन्दोलन गरेर सरकारलाई घुँडा टेकाउने बताए । उनले उखु किसानको भुक्तानी दिलाउने गरी आवश्यक मोडल बनाउन सरकारलाई कुनै समस्या नरहेको पनि बताए ।

“अब किसानहरु आन्दोलन गर्नु पर्दैन । हामी आन्दोलन गर्छौँ माइतीघर मण्डलामा । अनशन हामी बस्छौँ । हामी आमरण अनशन बसेर पनि, आन्दोलन गरेर पनि सरकारलाई घुँडा टेकाउँछौँ,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...