श्रममन्त्री श्रेष्ठसँग फ्रान्सेली राजदूत बुर्बाओलेको शिष्टाचार भेट

80

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओले शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच नेपाल–फ्रान्सबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भएको हो । सो अवसरमा मन्त्री श्रेष्ठले युरोपका विभिन्न मुलुकमा नेपाली श्रमिकहरु कार्यरत रहेको उल्लेख गर्दै नेपाली युवाका लागि फ्रान्समा रोजगारीका अवसर प्रदान गर्न आग्रह गरे। श्रेष्ठले नेपाल र फ्रान्सबीचको बहुआयामिक सम्बन्धलाई अझ विस्तार गर्न आफू प्रतिवद्ध रहेको बताए ।

नेपाल–फ्रान्सबीच रही आएको आपसी सम्बन्ध आगामी दिनमा अझ विस्तार हुने विश्वास व्यक्त गर्दै मन्त्री श्रेष्ठले फ्रान्सले नेपाललाई उपलब्ध गराउँदै आएको आर्थिक एवम् सामाजिक क्षेत्रको सहयोग निरन्तर हुने विश्वाससमेत व्यक्त गरे ।

सो अवसरमा राजदूत बुर्बाओले नेपाली स्वास्थ्यकर्मीका लागि फ्रान्सको स्वास्थ्य क्षेत्रमा रोजगारीको अवसर सिर्जना हुनसक्ने बताए । साथै कोभिड महामारीपछि फ्रान्सको पर्यटन उद्योगमा पनि नेपाली श्रमिकहरुका लागि रोजगारी सिर्जना हुने बताए । राजदूत बुर्बाओलेफ्रान्समा रोजगारीका लागि जान भाषा तथा व्यवसायिक तालिमको राम्रो प्रबन्ध हुनुपर्ने बताएका थिए ।

साथै उनले फ्रान्समा फ्रान्सेली नागरिक सरह नै विदेशी कामदारले पनि पारिश्रमिक तथा सामाजिक सुरक्षाको सुविधा उपभोग गर्न पाउने उनको भनाइ थियो ।

सन् १९४९ अप्रिल २० मानेपालको फ्रान्ससँग कूटनीतिक सम्बन्ध कायम भएको थियो । नेपालले कूटनीतिक सम्बन्ध राखेको फ्रान्स चौथो देश हो । दक्षिण एसियामा फ्रान्सको पुरानो कुटनीतिक सम्बन्ध कायम भएको मुलुक हुनु नेपालको लागि खुसीको कुरा भएको मन्त्री श्रेष्ठले बताए ।

वैदेशिक रोजगारीलाई उपलब्धिमूलक बनाउन आकर्षक तलब सुविधासहितका रोजगारीका नयाँ गन्तव्य मुलुकको पहिचान गर्न मन्त्री श्रेष्ठले विभिन्न मुलुकसँग छलफल गर्दै आएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...