माओवादी केन्द्रको केन्द्रीय सदस्यको संख्या २४६ पुग्यो (सूचीसहित)

272

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्यको संख्या २४६ जना पुगेका छन् । आइतबार कमलादीस्थित महाधिवेशनको बन्दसत्र हलमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले २३६ जनाको नाम वाचन गरेपनि सोमबार १० जनाको नाम थप गरिएको हो ।

नेताहरुको सुझावका आधारमा १० जनाको नाम थपेर २४६ जना पुर्‍याइएको निर्वाचन समितिले जनाएको छ । माओवादीको विधानअनुसार केन्द्रीय समिति २९९ सदस्यीय रहने छ ।

महाधिवेशनबाट चयन भएका केन्द्रीय सदस्यहरुले सोमबार नै शपथ लिइसकेका छन् । माओवादी केन्द्रको अर्को केन्द्रीय समिति बैठक पुस २५ गते बस्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...