पार्टीमा गुट र भागबन्डा केही हुन दिन्नौँ : गगन थापा

226

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा गुट र भागबन्डा हुन नदिने बताएका छन् ।

पार्टी प्रवेश कार्यक्रमका लागि अर्घाखाँचीको पाणिनी गाउँपालिका पुगेका थापाले भने,“पार्टी हामी गुट भागबन्डा केही हुन दिन्नौँ । सिंगो कांग्रेस बनाएर चलाउँछौँ ।”

पार्टीको झगडाले देशलाई अप्ठ्यारो परिरहेको बताउँदै त्यस्तो हुन नदिन आफू कटिबद्ध रहेको बताए । उनले आफू अर्घाखाँची आउँदा पार्टी सभापति शेरबहादुर देउवालाई जानकारी गराएर आएको बताए ।

एमालेबाट गाउँपालिका उपाध्यक्ष जितेकी लक्ष्मी गौतमलाई कांग्रेस प्रवेश गराउँदै उनले आगामी निर्वाचनसम्म १५ लाख जनालाई कांग्रेस गराउने लक्ष्य रहेको बताए । पार्टी प्रवेश कार्यक्रमलाई अभियानकै रुपमा लिएर आगामी आठ महिनामा १५ लाख जना प्रवेश गराउने उनको भनाइ थियो ।

महामन्त्री थापाले आगमी निर्वाचनबाट बहुमत हासिल गरेपछि पाँच वर्ष सरकार चलाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । २०४८ सालमा बहुमत पाएको कांग्रेसले गरेको गल्ती र २०७४ सालमा नेकपाले बहुमत पाएर गरेको गल्तीबाट पाठ सिक्दै अघि बढ्ने उनको भनाइ थियो ।

Share This:
सम्बन्धित खबर
Loading...