जिल्ला अधिवेशनलाई सम्बोधन गर्न सङ्खुवासभा जाँदै ओली

408

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पुस २६ गते पूर्वी हिमाली जिल्ला सङ्खुवासभा जाने भएका छन् । एमाले सङ्खुवासभाको अधिवेशनलाई सम्बोधन गर्न ओली खाँदबारी जाने सचिवालयले जनाएको छ ।

ओलीले चीनसँगैको सीमावर्ती जिल्ला सङ्खुवासभा–किमाथाङ्का नाकासम्मको सडक सञ्जालको अवस्थाा, अरुण तेस्रो जलविद्युत् परियोजना निर्माणको अवस्थालगायत विकास निर्माणको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ ।

एमाले सङ्खुवासभाले पुस २६ र २७ गते आठौँ जिल्ला अधिवेशन गर्ने भएको छ ।

पूर्वप्रधानमन्त्री ओलीले खाँदबारी नगरपालिका–१ को टुँडिखेलमा पुस २६ गते हुने उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख विनोद सुब्बा गुरुङले बताए । अधिवेशनमा १ हजार जनप्रतिनिधिसहित २५ हजार जनाको उपस्थिति रहने आयोजकले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...