यी हुन् माओवादी केन्द्रको केन्द्रीय सदस्यमा अटाएका ९ भाग्यमानी जोडी

236

काठमाडौँ । निर्वाचन प्रक्रिया स्थगन गरेर अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले केन्द्रीय सदस्य तजबिजका आधारमा चयन गरेका छन् । नेकपा (माओवादी केन्द्र)मा यसअघि केन्द्रीय सदस्य रहिसकेका र केही नयाँ समेटेर प्रचण्डले केन्द्रीय सदस्य प्रस्ताव गरेका थिए । जसलाई महाधिवेशनको बन्दसत्रले अनुमोदन गर्यो ।

प्रचण्डले तजबिजी अधिकार प्रयोग गर्दा छोरी रेणुदाहालसहित पारिवारिक सदस्यले केन्द्रीय सदस्यमा स्थान बनाए । २३६ जनाको नाम घोषणा गर्दा प्रचण्डले आफूसहित परिवारका ४ जनालाई केन्द्रीय समितिमा अटाएका थिए ।

उनले आफ्नो नामसमेत केन्द्रीय सदस्यमा पार्दा खस आर्य पुरुषतर्फ भाइ नारायणप्रसाद दाहाल, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई प्रचण्डले खस आर्य महिलातर्फबाट केन्द्रीय सदस्य बनाएका हुन् । त्यस्तै, बुहारी विना मगर पनि केन्द्रीय सदस्यमा अटाएकी छन् ।

यस्तै, केही नेताहरुका पति–पत्नी नै केन्द्रीय सदस्यमा परे । भाग्यमानी नौ जोडी माओवादी केन्द्रको केन्द्रीय सदस्यमा अटाएका छन् ।

सार्वजनिक सूचीअनुसार देवेन्द्र पौडेल र बलावती शर्मा, कल्पना धमला र देवेन्द्र पराजुली, देवप्रसाद गुरुङ र यशोदा सुवेदी गुरुङ केन्द्रीय समितिमा अटाएका छन् ।

यस्तै, वर्षमान पुन र ओनसरी घर्ती, रेखा शर्मा र कृष्णध्वज खड्का, लिलामणि पोखरेल र शशी श्रेष्ठ तथा शक्ति बस्नेत र सत्या पहाडीले केन्द्रीय सदस्यमा स्थान बनाएका छन् ।

यसैगरी हितमान शाक्य र अमृता थापा, गणेशमान पुन र कमला रोका पनि केन्द्रीय सदस्यमा चयन भएका छन् ।

माओवादी केन्द्रको आठौँ महाधिवेशन यही पुस ११ देखि १८ गतेसम्म काठमाडौँमा आयोजना भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...