प्रतिनिधिसभाको निर्वाचनपछि पार्टीको विशेष महाधिवेशन : प्रचण्ड

184

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि पार्टीको विशेष महाधिवेशन गर्ने बताएका छन् ।

शुक्रबार महाधिवेशनस्थल प्रज्ञा प्रतिष्ठानमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले संगठनको रुपान्तरण र विचारलाई विकसित गर्नका लागि चुनावपछि विशेष महाधिवेशन गर्ने बताएका हुन् ।

महाधिवेशनबाट वैचारिक विकासको ठुलो सुरुवात भएको र अब विकासित गरिने उनको भनाइ छ । उनले महाधिवेशन सम्भ र भव्य रुपमा अघि बढेको र आफ्नो प्रतिवेदन जोडदार ढंगले पारित भएको जानकारी दिए ।

यसअघि बन्दसत्रमा उनहाल आफ्नो दस्तावेजमा पूर्वीय दर्शन र बुद्धका कतिपय प्रगतिशील विषय पनि समेट्ने बताएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...