जनतालाई विश्वासमा लिएर मात्र एमसीसी अघि बढाउनुपर्छ : माधव नेपाल

258

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनतालाई विश्वासमा लिएर मात्र एमसीसीलाई अघि बढाउनुपर्ने बताएका छन् ।

बुधबार रौतहटको वृन्दावन नगरपालिका ५ स्थित स्वास्थ्य चौकीको उद्घाटन गर्दै नेता नेपालले एमसीसी सम्झौताका विषयमा सरकारसँग छलफल भइरहेको भन्दै जनतालाई विश्वासमा लिएर मात्र एमसीसीलाई अघि बढाउनुपर्ने बताएका हुन् ।

एमसीसीका बहानामा कुनै प्रकारको सुरक्षा रणनीति सम्बन्धी कार्य वा छिमेकी देशको विरुद्ध हुने गतिविधि स्वीकार गर्ने पक्षमा आफूहरु नरहेको उनले बताए ।

अध्यक्ष नेपालले नेपालको भूमिमा नेपालको अधिकार भएकाले आफ्नो भूमिमा विकास कार्य, रोजगारी सिर्जना तथा प्रयोग गर्ने नेपालकै भएको तर्क गरे ।

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न समयमा गरेका सम्झौताले नेपाललाई अप्ठ्यारोमा पारेको आरोप पनि लगाए ।

Share This:
सम्बन्धित खबर
Loading...