माओवादी प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ

166

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) प्रदेश नम्बर १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ विजयी भएका छन् । पदाधिकारी चयनका लागि बुधबार भएको निर्वाचनमा उनी १६९ मत ल्याएर विजयी भएका हुन् ।

उनले प्रतिस्पर्धी मुक्साहाङ मेन्योङ्बोलाई पराजित गर्दै प्रदेश १ को अध्यक्ष बनेका हुन् । पराजित मेन्याङ्बोले ६४ मत प्राप्त गरेका थिए ।

यस्तै, प्रदेश १ को तीन उपाध्यक्षमा देवान चाम्लिङ, शिवकुमार डाँगी र मणिकुमार सम्पाङ विजयी भएका छन् भने सचिवमा गणेश उप्रेती ‘सुशील’ विजयी भएका छन् ।

तीन जना सहसचिवमा कुमारी राई, ऋषिराम ढुंगाना र सागर किराती तथा कोषाध्यक्षमा रेवतजार पुरी ‘गगन’ विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...