एमसीसी सम्झौता पारित हुन्छ : गृहमन्त्री खाण

119

जनकपुरधाम । गृहमन्त्री बालकृष्ण खाणले नेपालको विकासका लागि नेपालकै प्रस्तावमा आएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित हुने दाबी गरेका छन् ।

मन्त्री खाणले पूर्ववर्ती सरकारहरुकै पालामा अघि बढेको र नेपालको विकासका लागि परियोजनाबीच अघि नै सम्झौता भएकाले एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताए ।

नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनलाई केन्द्रित गरेर जनकपुर आइपुगेका गृहमन्त्री खााणले स्व.रामनारायण मिश्रको समाधिस्थलमा आयोजना गरिएको स्मृतिसभामा पत्रकारसँग कुरा गर्दै एमसीसीको बारेमा जनतामा केही भ्रम छरिएको बताए । “अमेरिकी सरकारले एमसीसीको माध्यमबाट मुख्यतः गरिबी निवारण र रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गरिरहेको छ । यसमा अन्य कुनै भ्रम छैन,” उनले भने ।

नेपाल सरकारले विद्युतीकरण र विद्युतीकरणको परियोजना तथा सडक निर्माण परियोजनाका लागि निःसर्त अनुदान दिन लागेको पनि उनले जानकारी गराए । उनले भने,“एमसीसी परियोजना कुनै ऋण होइन, यो निःसर्त अनुदान हो, गठबन्धनका दलहरुको सहमतिको आधारमा यो पारित हुन्छ ।”

पत्रकारको जिज्ञासामा गहृमन्त्री खाणले कुनै पनि प्रस्ताव अगाडि लग्नुभन्दा पहिले सहमति र सहकार्य जरुरी रहेकाले वातावरण तयारीमा लागेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...