केपी ओलीले देशलाई अधिनायकवादतर्फ धकेल्ने खोजे : सञ्चारमन्त्री कार्की

291

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अधिनायकवादतर्फ धकेल्ने खोजेको बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी)को भ्रातृ संगठन समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री कार्कीले प्रतिनिधिसभा विघटन संविधानलाई असफल बनाउने खेल भएको बताए ।

“संविधानले परिकल्पना नगरेको र भावना तथा इच्छाविपरीत प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई अध्यारो सुरुङतर्फ धकेल्ने प्रयास भएको थियो । त्यसको विरुद्धमा जे जति आन्दोलन भए । नेपाली जनता एकजुट भए,” उनले भने,“अधिनायकतर्फ धकेल्ने प्रयास गरेका थिए । त्यसलाई पाँच दलीय गठबन्धनले परास्त गरेको छ । विघटन संविधानलाई असफल बनाउने खेल अन्तर्गत भएको थियो ।

तत्कालीन प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । जसलाई फागुन ११ गते सर्वोच्च अदालतले पुनःस्थापना गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...